विद्यालय तहमा लामो बिदा : कुन देशमा कति?

विद्यालय तहमा गर्मी बिदा विभिन्न देशमा कति लामो हुन्छ भन्ने तथ्यांकसहितको जानकारीमूलक यो लेखमा तुलनात्मक दृष्टिले तथ्यहरु प्रस्तुत गरिएको छ।
विद्यालय तहमा लामो बिदा : कुन देशमा कति?
विद्यालय जीवनमा सबैभन्दा प्रतिक्षित समय भनेको गर्मीको बिदा हो। विद्यार्थीका लागि यो विश्राम र रमाइलोको अवसर हो भने शिक्षक र अभिभावकका लागि समेत नयाँ शैक्षिक सत्रको तयारी गर्ने उपयुक्त समय मानिन्छ। तर, विश्वका विभिन्न देशमा विद्यालय बन्द हुने अवधिमा निकै ठूलो भिन्नता पाइन्छ। कतै करिब तीन महिनासम्म विद्यालय बन्द हुने चलन छ भने कतै करिब एक महिनामै विद्यार्थीहरूलाई पुनः कक्षामा फर्कनुपर्छ। अमेरिका र क्यानडामा गर्मीको बिदा विशेष गरी लामो हुने परम्परा छ। अमेरिकामा प्रायः मे वा जुन महिनाबाट सुरु भई अगस्टको अन्त्य वा सेप्टेम्बरसम्म करिब दुई डेढदेखि तीन महिना विद्यालय बन्द हुन्छ। यो लामो बिदाको ऐतिहासिक पृष्ठभूमि कृषिसँग जोडिएको मानिन्छ, किनभने गर्मीको समयमा विद्यार्थीहरूले खेतीपातीमा परिवारलाई सहयोग गर्न सकून् भन्ने उद्देश्यले विद्यालय बन्द गर्ने चलन बसेको हो। क्यानडामा पनि त्यस्तै परम्परा देखिन्छ, जहाँ करिब दुई महिना विद्यालय बन्द हुने गर्छ। युरोपेली मुलुकहरूको स्थिति पनि धेरैजसो पश्चिमी शैलीसँग मिल्दोजुल्दो छ। फ्रान्समा जुलाईको सुरुदेखि सेप्टेम्बरको सुरुवातसम्म करिब दुई महिनाको बिदा पाइन्छ भन…

Join the conversation