जान्नैपर्ने केही राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ

राजनीतिक दर्शनसँग सम्बन्धित महत्त्वपूर्ण शब्दहरूको व्याख्या, जसले विचार निर्माण र सामाजिक चेतनामा योगदान पुर्‍याउँछ।
जान्नैपर्ने केही राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ
राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ शब्द भाषाका सार्थक एकाइ हुन्। भाषा सामाजिक एवम् मानवीय वस्तु हो। समाज विकासका क्रममा भाषाको पनि विकास हुँदै आएको छ र भाषाको विकास सँगसँगै ज्ञान विज्ञानका पनि अनेक शाखा प्रशाखाहरू विकसित हुँदै आएका छन्। यस क्रममा कतिपय शब्द र शब्दसमूहले विशेष अर्थ वहन गरेका हुन्छन्। यसरी विशेष अर्थ बहन गर्ने शब्दहरूलाई प्राविधिक, पारिभाषिक शब्द भनिन्छ। यस्ता शब्दहरू खास खास क्षेत्रमा चल्ने तथा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनु पर्ने खालका हुन्छन्। यस्ता शब्दहरूको अर्थ ठीक ढङ्गले बुझ्न सकिएन भने वास्तविक कुराको बोध नभई विचार निर्माण पनि हुन सक्दैन। त्यसैले यस्ता शब्दहरूको अर्थ हामी सबैले बुझ्नु जरुरी छ। त्यस्ता शब्दहरूमध्ये यहाँ बुझ्नै पर्ने केही राजनीतिक पारिभाषिक शब्दहरूको परिचय दिइएको छ दर्शन दर्शनको सामान्य अर्थ कुनै वस्तुप्रतिको हेराइ, देवीदेवता वा मान्यजनलाई गरिने ढोग, नमस्कार,साक्षात्कार आदि हो भने विशेष अर्थ जीवन–जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण वा प्रकृति, ईश्वर,ज्ञान–विज्ञान, वस्तु, जीवन र चेतनाका बारेमा विवेचना र विश्लेषण गरिने विद्या,…

Join the conversation