भोलिडिमिर जेलेन्स्कीको नेपाली नेताहरुलाई पत्र!
प्रिय नेपाल देशका विभिन्न च्याउसरी राजनीतिक दलका छिचिमिरासरी नेतागण! आज सात समुद्रपारीबाट तपाईँहरुलाई म यो पत्र लेख्दैछु । तपाईँहरुलाई थाहा नै छ,मलाई ओभल अफिसमा बोलाएर,अमेरिकी सन्चार माध्यमका अघि जे गरियो र गर्न खोजियो- यो भारी सभामा द्रौपदीको चीर हरणको प्रयासभन्दा कम थिएन । म अहिले पनि बाध्यतावस अमेरिकामै छु,भान्स र ट्रम्पले मलाई लुगा लगाएको नाङ्गो बनाउन खोजिरहे,म आफ्नो पतलुङ्ग स्याहार्न ब्यस्त छु,अब आफ्नो देश जाँदैछु । सबभन्दा पहिला म सात समुद्रपारीबाट यो पत्र तपाईँहरुलाई किन लेखिरहेछु भनेर अचम्म मान्नुहोला। अचम्म मान्नुपर्दैन- यति बुझ्ने स्वाभिमानी तपाईँहरु भएको भए यो पत्र लेख्नै पर्दैनथ्यो । बरु मलाई त लागिरहेको छ,मेरो ओभल रुममा चीरहरण हुँदा तपाईँहरु मज्जा मानिरहनुभएको थियो र सोचिरहनुभएको थियो- यस्तो अपमान त कति पो सहियो तर कसैले देखेन । यतिमात्र कहाँ हो र ? तपाईंहरु त मलाई मूर्ख ठानिरहनुभएको होला,जसले त्यत्रो दियो उसैका दुई बढे नेताको सामु टिसर्ट पाइन्ट लगाएर जवाफ फर्काउने ? हामी जसरी जी सर,हस हजुर,हुन्छ साप भनेको भए र लालु यादवको टाङ्ग मुनि बसेर दण्डवत् गरेको भए यति बेइज्जत त सह…