ध्यान दिएर सुनियो, तर भिडियोमा गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद भनेको कहीँ सुनिएन

ध्यान दिएर सुनियो, तर भिडियोमा गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद भनेको कहीँ सुनिएन
देश र राजनीतिलाई लिएर हामीले दिनदिनै पोख्ने निराशा, कुण्ठा या गालीगलौजको किञ्चित् अंश छ कि भनेको, त्यो पनि भेटिएन ।  यो व्यवस्था नफेरी, आफैलाई राजा नबनाई देश बन्दैन भन्ने अभिव्यक्ति छ कि भन्ने लागेर फेरि सुनियो, त्यो पनि भेटिएन ।  आफूले बनाएको र अरूले भत्काएको भन्ने पेटबोली पनि त्यहाँ छैन ।  भिडियोमा अलिकति जुम्लाको स्वाद छ, सौन्दर्य छ, इतिहास छ, स्थानीय जीवनको स्पर्श छ, पञ्चकलीले गुनगुनाएको माटोको मधुर भाका छ र हेर्ने विश्वभरका दर्शकलाई एकपल्ट घुम्नै पर्ने आग्रह छ । संयोगवश दरबारमा हुर्किएको एउटा नवयुवकले भुइँसँग र भुइँमान्छेसँग बिताएका केही क्षणको चित्र छ । त्यो स्वादिलो छ । दर्शनीय छ ।  हिजोसम्म पार्टी खोलेर मैदानमा आउन या  फिलिम खेल्न सुझाव दिँदै थियौँ ! आज आफ्नै देशको भूगोल घुमेर बनाएको एउटा भिडियोमा गाली गर्न तल्लीन छौँ !  उनले आफ्नै देशमा, त्यो पनि दुर्गम र विकासको मूलधारसँग जोडिन नसकेको धर्तीमा पुगेर एउटा भ्लग न बनाएका हुन् ! कुर्सी नै खोस्न आएजस्तो छटपटी र गाली नै गर्न के आवश्यक छ र ?  राजपरिवारमा जन्मिनु उनको गल्ती हो र ? पूर्वराजपरिवारको एक सदस्य भएको र अरूले कुनै बेलाबेबी किंगको…

Join the conversation